याे सरकार तुरुन्तै ढल्नुपर्छ, नत्र देश बरबादीतिर धकेलिन्छ : अध्यक्ष ओली

 चैत २३, २०७८ बुधबार १६:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने दाबी गर्नुभएकाे छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश सङ्कटमा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘खल्तीमा कसैको पैसा हुँदैन, बैंक त्यसै कारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । अहिले नयाँ लगानीका लागि कुनै सम्भावना छैन किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बरबादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने कटाक्ष पनि गर्नुभयाे । उहाँले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभइ चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको यो गठबन्धन सरकार कुहिएर झर्ने बेलातिर जाँदैछ । यो झर्छ । यो सरकार ढाल्न हामी कोसिसै गर्दैनौँ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह चुनावसम्म गतिका साथ पार्टीका काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया