आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता शीर्ष स्थानमा

 चैत २४, २०७८ बिहीबार ६:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले हरायो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेले ।

कुमिन्सले अविजित ५६ रन र भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेले । कोलकाताका पाट कुमिन्सले दुई तथा उमेश यादव र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ४ खेलमा ६ अङ्क भएको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अङ्क जोड्न सकेको छैन ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया