समृद्ध नेपाल बनाउन एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

 चैत २४, २०७८ बिहिबार १८:२७:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकाे विकास र समृद्धिका लागि स्थानीय तहको चुनावमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ । 

नेकपा एमाले बाँकेले नेपालगञ्जमा आज बिहीवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो । 

अध्यक्ष ओलीले अहिले देशको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो । 

अध्यक्ष ओलीले केही दिनअघि बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक/एक लाख रुपैयाँ दिने घोषणा पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया