एन्फाको आसन्न चुनावका लागि 'बी' र 'सी' क्लबका प्रतिनिधि छनोट स्थगित

 चैत २५, २०७८ शुक्रबार ६:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको आसन्न चुनावका लागि 'बी' र 'सी' डिभिजनका क्लबको प्रतिनिधि छनोट स्थगित भएको छ ।

एन्फा विधान र निर्देशिका विपरीत कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि 'बी' र 'सी' डिभिजन क्लबको हिजोका लागि तय भएको चुनावी प्रक्रिया स्थगित भएको हो ।

कार्यसमिति सदस्यद्वय दावा लामा र रुपेश अधिकारी क्रमश: प्लानिङ ब्वाइज र साङ्ग्रिला स्पोर्टस् एकेडेमी तथा कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस् क्लबबाट प्रतिनिधिको रुपमा आएपछि निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।

क्लबका केही प्रतिनिधिले चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एन्फा कार्यालयको कम्प्युटर, टेबल, कुर्सी र प्रिन्टर तोडफोड समेत गरेका छन् ।  
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया