आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

 चैत २५, २०७८ शुक्रबार ७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले ।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया