आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

 चैत २५, २०७८ शुक्रबार ९:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ।

मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो।

गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ स्थानमा छ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया