आमाको नामबाट नागरिकता दिनुपर्दछ : मुख्यमन्त्री राउत

 चैत २५, २०७८ शुक्रबार १९:५६:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सरकारले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनुभएको छ । यही देशमा जन्मिएका लाखौँ युवा नागरिकताविहीन भइ अनागरिक बनेर बस्नुपर्ने अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको उहाँँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज शुक्रवार जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले २१ औँ शताब्दीमा पनि आमाको नामबाट नागरिकता नदिई संवैधानिक हकबाट वञ्चित गराउनु दुर्भाग्य हो भन्नुभयो । मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकताबाहेकका लाखौँ सन्तान अहिले नागरिकता नपाएर शिक्षा, स्वास्थ्य जस्ता सामान्य मानव अधिकारबाट वञ्चित हुनु सरकारका लागि ठूलो चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकताविना उनीहरूको सम्मानपूर्वक नेपाली नागरिक भएर बाँच्न पाउनुपर्ने अधिकार खोसिएको छ । गाँस, बास र कपासलगायत आधारभूत आवश्यकताबाट वञ्चित भएर जीवनयापन गर्न बाध्य भएका छन् । नागरिकताविना पढेलेखेका युवाहरू रोजगारीबाट वञ्चित हुनुपरेको छ । योभन्दा ठूलो चिन्ताको विषय अरू के हुन सक्छ ?’

मुख्यमन्त्री राउतले सबै नागरिकको भरणपोषणदेखि शिक्षा, स्वास्थ्यलगायत जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले यथाशीघ्र नागरिकता समस्या समाधान गर्नुपर्ने माग सङ्घीय सरकारसँग गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया