आईपीएल क्रिकेट : पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित

 चैत २६, २०७८ शनिबार ६:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो।

पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले ।

अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो ।

पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पञ्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले ।

गुजरातका रासिद खानले तीन तथा दर्शन नालकान्डेले दुई विकेट लिए । जितसँगै तीन खेलमा ६ अङ्क जोडेको गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबको यो दोस्रो हार हो। पञ्जाब ४ खेलमा दुई अङ्कका साथ छैटौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया