सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी : समाजवादीका मन्त्री हेरफेर

 चैत २६, २०७८ शनिबार ७:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुभएको हो।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहाेरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ । यी मन्त्रालय यसअघि नेकपा (एकीकृत समाजवादी) ले पाएको थियो।

एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको छ । तीनै जना नयाँ मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री भट्टले कांग्रेसका रैका, समाजवादीका अमर साउद र कुलवीर चौधरीलाई राज्यमन्त्रीको शपथग्रहण गराउनुभयो । साउदलाई आर्थिक मामिला र चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन मन्त्री र राज्यमन्त्रीले हिजो नै पदबहाली गर्नुभएको छ ।

सरकारका रहेका समाजवादीका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशी, सामाजिक विकासमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहाेरा र भौतिक पूर्वाधारमन्त्री चुनकुमारी चौधरीलाई पदबाट राजीनामा दिन लगाएर मन्त्रिमण्डल हेरफेर गरिएको हो ।

निर्वाचन आचारसंहिता लागू हुनु अगाडि हिजो मुख्यमन्त्री भट्टले छैटौँ पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया