इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

 चैत २६, २०७८ शनिबार ९:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो ।

न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ।

उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्याम खेल्दैछन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया