आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

 चैत २६, २०७८ शनिबार ११:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दैछन् ।

खेल मुम्बईमा हुनेछ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अङ्क जोड्न नसकेको चेन्नई आठौँ स्थानमा छ ।

त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा छ । अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पुणेमा हुनेछ ।

बेङ्ग्लाेरले तीन खेलमा दुईमा जितसहित ४ अङ्क जोडेको छ । मुम्बई अघिल्ला तीन खेलमा पराजित हुँदै अङ्क तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराउँदै तेस्रो जित निकालेको छ। 
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया