आईपीएल क्रिकेट : चेन्नईको लगातार चौथो हार, हैदराबादसँग ८ विकेटले पराजित

 चैत २६, २०७८ शनिबार १९:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले  चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

मुम्बईमा चेन्नईले दिएको एक सय ५५ रनको लक्ष्य हैदराबादले दुई विकेट गुमाएर १४ बल बाँकी रहँदै भेट्टायो ।

हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।

चेन्नईले आजसहित लगातार चार खेलमा हार्दै अङ्क बटुल्न सकेको छैन । तीन खेलमा दुई अङ्क बटुल्दै हैदराबाद आठौँ स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया