इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित, चेल्सीको फराकिलो जित

 चैत २७, २०७८ आइतबार ६:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–० ले पराजित भयो । गएराति भएको खेलमा घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अङ्क जोडेर सातौँ स्थानमा छ । एभर्टन ३० खेलमा २८ अङ्कका साथ १७औँ स्थानमा छ । लिगकै अर्को खेलमा आर्सनल घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको छ । ब्राइटनका लियान्द्रो ट्रोससार्ड र इनक मिपाले गोल गरे । घरेलु टोली आर्सनलका मार्टिन ओडेगार्डले एक गोल गरे । यो जितसँगै ब्राइटन ३१ खेलबाट ३७ अङ्क जोडेर ११औँ स्थानमा उक्लिएको छ । पराजित आर्सनल ३० खेलबाट ५४ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनलाई ६–० गोल अन्तरले हराएको छ । चेल्सीका मासन माउन्ट र टिमो वेर्नेरले दुई/दुई गोल गरे । मार्कुस अलन्सो र काइ हार्भटेजले एक/एक गोल गरे । जितसँगै चेल्सीले ३० खेलमा ६२ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । साउथह्याम्पटन ३१ खेलमा ३६ अङ्ककासाथ १३ औँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया