आज राम नवमी, सार्वजनिक बिदा

 चैत २७, २०७८ आइतबार ७:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ।

आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको धार्मिक विश्वास छ।

राम नवमीका अवसरमा काठमाण्डौको बत्तीसपुतलीमा रहेको राम मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राम मन्दिरमा मेला लाग्ने गर्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्छ ।

रामजानकी मन्दिरमा भारतबाट समेत ठूलो सङ्ख्या श्रद्धालु भक्तजन आउने गर्छन् । यसैबीच, राम नवमीका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया