आईपीएल क्रिकेटमा दिल्लीले काेलकातालाई हरायाे

 चैत २७, २०७८ आइतबार २०:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको छ । 

मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भयो । कोलकत्ताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए । यस्तै नितिश रानाले ३० रन जाेडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो । उसका लागि डेभिड वार्नरले ६१ र पृथ्वी शावले ५१ रन बनाए । बलिङतर्फ काेलकाताका सुनिल नरायनले दुई विकेट लिए । 

आजकाे खेल हारेकाे काेलकाता पाँच खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ, दिल्ली भने चार खेलमा चार अङ्कसहित छैटाैँ स्थानमा उक्लिएको छ । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया