कृषियोग्य जमिन खण्डिकरण गर्न नपाइने

 भदौ ३१, २०७५ आइतबार १७:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ ।

कृषि, भूमि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गर्नु भएको हो । आइतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उहाँले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू–उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मुख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डिकर गर्न दिन नमिल्ने बताउनुभयो । उहाँले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई आग्रह गर्नुभयो ।

मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको काम कारबाही पारदर्शी नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया