इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडे

 चैत २८, २०७८ सोमबार ६:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ लिभरपुलका साडियो मानेले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । म्यानचेस्टर सिटी ७४ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ भने लिभरपुल ७३ अङ्कसहित दोस्रो स्थानमा  छ ।

यस्तै, गएराति नै भएका अरु खेलमा ब्रेन्टफोर्ड, लेस्टर सिटी र नर्विच सिटी विजयी भएका छन् ।

ब्रेन्टफोर्डले वेष्ट ह्यामलाई र नर्विचले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरे भने लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २ –१ गोल अन्तरले पराजित गर्यो  ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया