भक्तपुरमा बिस्केट जात्राकाे राैनक (तस्बिरसहित)

 चैत २८, २०७८ सोमबार ७:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेकोे लिच्छविकालीन बिस्केट जात्रा हिजोदेखि सुरु भएको छ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ।

परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछेँ, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्याइ फर्काउने प्रचलन छ ।

रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि जात्राको पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । जात्राको क्रममा यो महिनाको मसान्तमा लिङ्गो उठाइनेछ ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवमा गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।  

यो महिनाको मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ ।

त्यस्तै, भक्तपुरको कुम्हा टोलमा आउँदो ३० गते हात नभएको लिङ्गो ठड्याउने गरिन्छ । हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्केट जात्रा सकिनेछ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया