वनजङ्गलका झिजामिजा र पत्करको समयमै व्यवस्थापन गर्न नसके डढेलो ...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जनकपुर नाइट्सले जितेको छ । हिजो भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्सलाई हराउँदै जनकपुर अपराजित रहँदै पहिलो संस्करणको एनकेएल च्याम्पियन बन्यो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा काठमाण्डौ माभरिक्स ४५–४१ ले पराजित भयो । यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।
उसले लिग चरणमा ४ खेल जित्दा काठमाण्डौसँग बराबरी खेलेको थियो । जनकपुर पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।
उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा मुख्य ६ शहरका टोली सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।