कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा आजदेखि काभ्रेपलाञ्चोकको पनौतीमा सञ्चालन हुँदैछ ।
६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष फेरि सञ्चालन हुन लागेको हो । पनौतीमा आजदेखि वैशाख १ गतेसम्म जात्रा सञ्चालन गरिनेछ। आज सांस्कृतिक परिक्रमा गरी भोलि चैत २९ र पर्सि ३० गते हरिसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ ।
यस्तै, वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ । हरिसिद्धिको त्रिशक्ति पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ ।
करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँमा रहेको महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ । हरिसिद्धिबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ ।
१२ वर्षे जात्राको क्रममा विभिन्न ठाउँमा जात्रा सञ्चालन गर्नुपर्ने परम्परा अनुसार पनौतीमा जात्रा सञ्चालन हुन लागेको हो। यसभन्दा अघि धुलिखेल, दोलखा र पशुपतिमा जात्रा सञ्चालन भइसकेको छ।
शक्ति सञ्चय र पुनःस्थापनाको रुपमा लिइने १२ वर्षको हरिसिद्धि भवानीको सिद्धि पर्व गएको गाइजात्रादेखि सञ्चालन भइरहेको छ। २९ जना देवदेवी सम्मिलित हरिसिद्धिको त्रिशक्ति भवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो मुखौटा लाएर देखाइने देवीनाचको रुपमा वंशावलीमा उल्लेख गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।