खाना पकाउने ग्यासको आपूर्ति ठप्प हुने संघकाे चेतावनी

 भदौ ३१, २०७५ आइतबार १८:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल एलपी ग्याँस उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ ।

दसैं, तिहारजस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्याँस उद्योग संघले कुनै पनि बेला ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो । भारतीय ढुवानीकर्ताले माग गरेबमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्याँसको ढुवानीको खर्च बढ्ने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप पनि लगाउनुभयो ।

संघले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्याँस ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानीकर्ताहरुले पठाएको पनि दाबी गरेको छ ।  अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको त्यो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

उहाँले चाडबाडका बेला बढी माग हुने भएकाले पनि ग्याँसको अभाव बढेर जाने पनि स्मरण गराउनुभयो । सरकारले अहिलेसम्म पनि नेपाली नम्बर प्लेटका ग्याँस बुलेटहरु संचालनमा ल्याउने कानुनी व्यवस्था गर्न नसकेकोमा संघको आपत्ति छ ।

अध्यक्ष भण्डारीले डिजेल, पेट्रोलको मूल्यवृद्धि, करको दायरा वृद्धि, बैंक ऋणको व्याजदरमा वृद्धिका कारण पनि ग्याँस उद्योग मारमा पर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया