बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मेहनत गर्नुस् : मन्त्री खाण

 चैत २८, २०७८ सोमबार १६:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मेहनत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नुभएको छ । गृहमन्त्री खाणले बेरुजु फर्स्याेटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । 

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा आज सोमवार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पुँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘नेपाल सरकारका विभागहरूलाई बेरुजु फर्स्याेटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हिसाबहरू दुरुस्त राख्नका लागि मेहनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । पुँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ । भौतिक विकास र विकासले जनतालाई सबल बनाउँछ । विकास, निर्माणको प्रतिफल जनतामा पुर्‍याउँछ । त्यस कारण भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा पनि गर्नुभयो । 

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र नागरिकप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । मन्त्री खाणले खनाललाई उत्कृष्ट बेरुजु फर्स्याेट सम्मान पनि प्रदान गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया