कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा सङ्घ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक सङ्कट नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ । भनेजस्तो कडा सङ्कट छैन । विदेशमा आफन्त भएकाहरूलाई स्राेत नखोजी पाँच/सात सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको सङ्कट हट्छ ।’
उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरूले तिर्न नसकेको ऋणलाई पुनः पुँजीकरणको सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले ऋणमा रहेका व्यवसायीहरूलाई सरकारले पुनः पुँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालोसूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।