अर्थतन्त्र जाेगाउन खाेज्दा सरकारले गभर्नरलाई हटायाे : अध्यक्ष ओली

 चैत २८, २०७८ सोमबार २०:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउन प्रयास गरेबापत सरकारले गर्भनरलाई हटाएको भन्दै आक्रोश दोहोर्‍याउनुभएको छ । चुनाव लक्षित कार्यक्रममा बझाङ पुग्नुभएका ओलीले कमिसनखोरी गर्न नदिएबापत सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाउनुभयो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले यसअघि लोकप्रिय काम गरेकाले त्यसकै बलमा चुनावमा विजयी हुने उहाँले दाबी गर्नुभयो । ओलीले अहिलेकाे गठबन्धन सरकारले चुनाव राेक्न धेरै चलखेल गरेकाे आराेपसमेत लगाउनुभयाे । 

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय भानुभक्त ढकाल र कर्ण थापालगायतले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया