आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

 चैत २९, २०७८ मंगलबार १०:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर खेल्दैछन् ।

मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लाेर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आजको खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लाेर शीर्ष स्थानमा उक्लनेछ । हिजो भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार ब्यहोरेको छ । गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

यसपालिको आईपीएल क्रिकेटमा दश टोली छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया