निर्माण व्यवसायी महासंघको महासचिवमा दिपक गौतमको उम्मेदवारी

 भदौ ३१, २०७५ आइतबार १८:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल निर्माण व्यवसायी महासंघकाे आसन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि केन्द्रीय सदस्य दीपक गौतमले उम्मेदारी दिनुभएकाे छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत् अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसको लागि आफ्नो उम्मेदारी रहेको स्पष्ट पार्नुभयाे । 

गौतमसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । गौतमले निर्माण कार्य गुणस्तरीय नहुनुको पछाडि व्यवसायीहरुको मात्रै दोष नभएर निर्माण सामाग्रीहरुको कमसल लगायतका अरु थुप्रै कारणपनि हुन सक्ने बताउनुभयाे । 

त्यस्तै उहाँले सार्वजनिक खरिद ऐनमा रहेको कम मूल्यमा कबुल गर्नेले ठेक्का पाउने उल्लेखित व्यवस्थालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयाे ।

गाैतमले निर्माण व्यवसायीहरुको क्षमता अनुसार काम पाउनुपर्ने र सरकार र निर्माण व्यवसायीहरुबीच स्थानीय तहदेखि केन्द्रसम्म बृहत् छलफल तथा अन्तरक्रिया गरेर यस क्षेत्रका सबै समस्या समाधान गर्न सकिने एजेण्डासहित उम्मेदवारी दिनुभएकाे हाे ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया