काठमाण्डौको खाली जग्गा भूमाफियाकाे कब्जामा छ : प्रधानमन्त्री देउवा

 चैत २९, २०७८ मंगलबार १३:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौको खाली जग्गा भूमाफियाहरुकाे कब्जामा रहेको बताउनु भएको छ । 

आज सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले काठमाण्डौका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयाे, 'भूमाफियाहरुले जथाभाबी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाण्डौका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले काठमाण्डौमा फोहरको समस्या जटिल बन्दै गएको भन्दै फोहरबाट विद्युत र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेकाे बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काठमाण्डौमा फोहर नै फोहर छ । व्यवस्थापन भएको छैन । फोहर थुप्रिएको छ । फोहरबाट ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् ।'

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो। 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh man lama

    April 13, 2022, 8:23 p.m.

    २०५१/ २०५२ तिर पहिलो पटक प्रधानमत्री हुँदा मलाई फटाहाहरुले घेरेको छ भनि अन्तरवार्ता दिएर लोकप्रियता कमाउने प्रधानमन्त्रि फेरी चर्चामा |

  •  0 Reply

तपाईको प्रतिक्रिया