पाेखराकाे मेयरमा एमालेका १२ जनाकाे आवेदन, उपमेयरमा ११ जना

 चैत २९, २०७८ मंगलबार १९:७:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – वैशाख ३० गते हुने पालिका चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको नेतृत्व अहिले एमालेले गरिरहेको छ । 

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट दर्शन लामा, पुष्पज्योति ढुङ्गगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उम्मेदवारी परेको छ ।

त्यसैगरी उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीकाे आवेदन परेकाे छ । 

अघिल्लो चुनावमा पोखरा महानगरमा एमालेका मानबहादुर जिसी निर्वाचित हुनुभएकाे थियाे । उहाँले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले हराउनुभएकाे थियाे । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया