च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

 चैत ३०, २०७८ बुधबार ७:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड चेल्सीसँग ३–२ गोलले पराजित भयो । तर स्पेनिस क्लब रियलले समग्रमा ५–४ को नतिजा निकाल्न सफल भयो ।

पहिलो लेगमा रियल ३–१ गोलले अघि थियो । खेलको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरी रियललाई सेमिफाइनलमा पुर्याउन सफल भए । रियलका रोड्रिगोले खेलको ८० औँ मिनेटमा एक गोल गरेका थिए । चेल्सीका मिसन माउन्ट, रुडिगर र टिमो बार्नरले गोल गरेपनि चेल्सी सेमिफाइनलमा पुग्न सकेन ।

अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग पराजित भएको छ । बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न बाहिरिएको हो । भिल्लारियल समग्रमा २–१ को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा भिल्लारियलले घरेलु मैदानमा १–० को जित निकालेको थियो । दोस्रो लेगमा बायर्नका रोबर्ट लेवास्डोस्कीले गोल गरे । भिल्लारियलका स्यामुअल चुक्केजेले बराबरी गोल फर्काएका हुन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया