कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको छ । हिजो हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै काम गर्न थालेका भीमबहादुरको बुवालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताउनु भएको छ । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।
प्रहरीले भीमको पोस्टमार्टम गरी शव बुझाएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छत्रदेव गाउँपालिका– ३ का वडा अध्यक्ष चेतप्रसाद खनालले भारतमा बालकको ज्यान गएको पुष्टि भएको बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।