कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी म...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि अनमुति लिने आरोहीको सङ्ख्या ६ सय सात जना पुगेको छ । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय सात जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
गएको वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए । यसपालि अनुमति लिएकामध्ये चार सय ७४ जना पुरुष र एक सय ३३ जना महिला रहेका छन् ।
वसन्त ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय २५ जनाले अनुमति लिएका छन् । यस्तै कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा ६४ देशका आरोही रहेका छन् । सबैभन्दा धेरै अमेरिकाका एक सय चार जना छन् । युद्धग्रस्त देश युत्रेनबाट यस वर्ष कुनै पनि आरोही आएनन् भने युक्रेनमा आक्रमण गरिरहेको देश रुसबाट १७ जना आरोही आएका छन् । आरोहीबाट सरकारले रोयल्टी वापत ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएका हुन् ।
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । मर्दी हिमालमा पदयात्राका लागि मात्रै पनि दैनिक सय जनाभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।