ओखलढुङ्गा : जीप दुर्घटनामा ज्यान गुमाउने दुवै प्रहरीकाे परिचय खुल्याे

 चैत ३०, २०७८ बुधबार १४:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा – ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुवै प्रहरीको परिचय खुलेको छ । सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा अन्य सात जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये सात जनाकै अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाण्डौ ल्याइएको छ ।

आज बुधवार ओखलढुङ्गाबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया