तातोपानी नाका हुँदै नेपाल भित्रिए साझाका ३ वटा बिजुली बस

 चैत ३०, २०७८ बुधबार १६:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ । ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।  

चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो । पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो । चीनको नानजिंगको सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा ती बस तयार भएका हुन् ।

ती बस काठमाण्डाै आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने उहाँले बताउनुभयो । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । साझाले ४० वटा बसमा झन्डै ६१ करोड रुपैयाँ खर्चिंदै छ । बाँकी ३७ वटा बस साउनसम्म ल्याइसक्ने कार्यकारी निर्देशक पाण्डेकाे भनाइ छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया