एकदिवसीय क्रिकेटको वरीयतामा नेपाल यथावत्, दीपेन्द्र टी–२० अलराउन्डरतर्फ शीर्ष १० मा

 चैत ३०, २०७८ बुधबार १७:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीयकाे नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहन सफल भएको हो ।

नेपालले गएकाे मार्च महिनामा ६ एकदिवसीय खेल खलेकोमा दुईमा जित र चार खेलमा पराजित भएको थियो । नेपालले गएको महिना दुबईमा आईसीसी विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) लाई दुई खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग दुई खेलमा पराजित भएको थियो । लगत्तै नेपालले आफ्नो घरेलु मैदानमा पीएनजीसँग दुई खेलको मैत्रीपूर्ण शृङ्खलामा 'क्लिन स्वीप' बेहाेरेकाे थियो ।

एकदिवसीयकाे वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । यस्तै दाेस्राेमा इङ्ग्ल्यान्ड, तेस्राेमा अस्ट्रेलिया, चाैथाेमा भारत र पाँचाैँमा दक्षिण अफ्रिका रहेकाे छ ।   

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताकाे शीर्ष १० मा

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दशमा परेका छन् । दीपेन्द्रले गएको महिना घरेलु मैदानमा भएको त्रिदेशीय टी– २० शृङ्खलामा उत्कृष्ट 'अलराउन्ड' प्रदर्शन गर्दै 'म्यान अफ द सिरिज' पनि घोषित भएका थिए ।

त्याे टी–२० शृङ्खलामा उनले मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा दुई अर्धशतक र एक शतक प्रहार गरेका थिए । यस्तै दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा ३८ औँ स्थानमा रहेका छन् । ब्याटिङ वरीयतामा दीपेन्द्र भन्दाअघि ओपनर कुशल भुर्तेल ३६ औँ स्थानमा रहेका छन् । आसिफ शेख ९९ औँ स्थानमा छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औँ र अविनाश बोहरा ८६ औँ स्थानमा छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया