कांग्रेस कार्यसम्पादन समिति बैठक : पालिका चुनावका लागि तयार घोषणापत्रमाथि छलफल हुने

 चैत ३०, २०७८ बुधबार २०:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ ।

केहीबेर अघि सुरु भएको बैठकमा पालिका चुनावको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेसले केही दिनभित्रै पालिका चुनावको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको उहाँले बताउनुभयो । घोषणापत्रको मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताउनुभयो ।

नेपाली कांग्रेसले यस वर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र अब गर्ने कामबारे जनतालाई सशक्त ढङ्गले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको चुनावमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यस वर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढङ्गले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया