च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

 बैशाख १, २०७९ बिहिबार ७:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सिटी समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले १–० को जित निकालेको थियो । अब सिटीले सेमिफाइनलमा रियल मड्रिडसँग खेल्नेछ ।

अर्को खेलमा लिभरपुलले पनि पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा बराबरी खेलेको लिभरपुल समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा लिभरपुलले ३–१ को जित निकालेको थियो । दोस्रो लेगमा लिभरपुलका रोबर्टो फिर्मिन्होले दुई गोल गरे । त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया