सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत

 भदौ ३१, २०७५ आइतबार १९:३८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत चयन हुनुभएको छ ।

काठमाडौंमा आइतबार भएको सातौं महाधिवेशन तथा २२ औं साधारण सभाले पण्डितको अध्यक्षतामा ३ वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन हुनुभएको छ । 

यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे सर्वसम्मत चयन हुनभएको छ । 

सञ्चारिका समूह पत्रकार महिलाको हक हितका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । अध्यक्षसहित अन्य सदस्यहरु सर्वसम्मत चयन भएको यो पहिलो पटक हो । त्यसैगरी समितिको नयाँ कार्य समिति पहिलो पटक समावेशी भएको छ ।  

चार पत्रकार पुरस्कृत

सञ्चारिका समूहको सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरिएको छ । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ ।

सञ्चारिकाले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका समाज नै संवेदनाहीन फिचरको लागि दिइएको हो । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।

त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ । पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । 

यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको थियो । यो पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरिएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग गर्ने उद्देश्यले २०६२ सालमा सञ्चारिका प्रोत्साहन पुरस्कार स्थापना गरिएको हो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया