ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो ।
कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।
रिनकोनको उपचारका क्रममा निधन भएको इम्बानाको क्लिनिकका मेडिकल डाइरेक्टर लौरेनो क्विनटेरोले जानकारी दिएका छन् ।
रियल मड्रिडका पूर्व मिडफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । उनले काेलम्बियाबाट सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।