विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

 बैशाख २, २०७९ शुक्रबार ६:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ ।

युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया