दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

 भदौ ३१, २०७५ आइतबार २०:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।

अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहायता कक्षा कति र कुन ठाउँमा राख्ने भन्ने विषयमा भोलिदेखि परामर्श सुरु गरिने विभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष १२ ठाउँमा काउन्टर राखिएको थियो । यस्तै चाडपर्वको समयमा बढी भाडा लिनेलाई कारबाही गर्न भोली नै ट्राफिक प्रहरी र मातहतका निकयलाई पत्राचार गरिने प्रवक्ता उपाध्ययले बताउनुभयो ।

यात्रुको समस्यालाइ ध्यानमा राखी आफुहरु ५ गते अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको र यसको पूर्वाधार निर्माणको जिम्मा सरकारले लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि मूल्यबृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने लगायत माग राख्दै व्यवसायीहरु बुकिङ खुल्ला गर्न आलटाल गरिरहेका थिए । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया