साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ ।
नेपालमा रनर बाइककाे बिक्री–वितरण गरिरहेको रमन मोटर्सले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज गरी ५ नयाँ बाइकहरु उपलब्ध गराएकाे हाे।
फायरब्लेड सिरिज : १६५ सीसी र १२५ सीसी
फायरब्लेड १६५ सीसी र १२५ सीसी दुइ भेरियण्टमा उपलब्ध छ । यी बाइकहरु अफरोड राइडका लागि उपयुक्त छन् ।यी विभिन्न ३ कलरहरुमा उपलब्ध छन् । यी मध्ये १६५ सीसी भेरियण्टको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ ।
हक २००
अफरोडका लागि उपयुक्त २०० सीसीकाे हकको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।
डोमिनेटर २५०
२५० सीसी काे यो बाइक एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका अरु बाइकभन्दा फरक छ । डबल साइलेन्सर सहितको याे बाइकको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।
मोटो ११० स्कुटर
रनरले पहिलो पटक नेपाली बजारका लागि ल्याएकाे याे युनिसेक्स स्कुटर ११० सीसीको छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ तेकिएकाे छ ।
नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देअी ३० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।