रुकुम पश्चिम र जाजरकाेट जाेड्ने झाेलुङ्गे पुलबाट खसेर १ महिला घाइते

 बैशाख २, २०७९ शुक्रबार १४:४३:२२ | राजु लामिछाने
unn.prixa.net

पुलबाट खसेर घाइते हुनुभएकी ५२ वर्षीया देवी पुन

रुकुम पश्चिम – रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीमा रहेको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते हुनुभएको छ । 

पुलबाट खसेर जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन घाइते हुनुभएको उहाँका छोरा प्रेमबहादुरले जानकारी दिनुभयो । घाइते पुनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते पुनकाे ढाडको करङ र दुवै खुट्टा भाँचिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

स्थानीयवासी टोपेन्द्र विश्वकर्माले पुलका विभिन्न भागमा रहेका फलेकहरू झरेको र राखिएका काठहरू कुहिएर थप जोखिम भएको बताउनुभयो । 

अर्का स्थानीयवासी सन्देश शर्माले ऐतिहासिक मानिएको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा पनि सरोकारवालाको ध्यान जान नसकेको गुनासाे गर्नुभयाे । भेरी नदी भएर वारपार गर्नेले पुलको डन्डी समातेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया