नेपालले घरेलु मैदानमा जिम्बाब्वे 'ए' सँग खेल्ने शृङ्खलाकाे तालिका सार्वजनिक

 बैशाख २, २०७९ शुक्रबार १५:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालले घरेलु मैदानमा जिम्बाब्वे 'ए' सँग खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार नेपाल र जिम्बाब्वे 'ए' बीच हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपाल र जिम्बाब्वे 'ए' बीच पहिलो एकदिवसीय क्रिकेट आउँदै वैशाख १७ गते शनिवार हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।

नेपाल र जिम्बाब्वे 'ए' बीच पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० क्रिकेट वैशाख २४ गते र तेस्रो टी–२० क्रिकेट वैशाख २६ गते हुनेछ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया