रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको छ । एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पार्नु भयो । कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दावी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताउनु भयो ।
‘कुनै ठाउँमा समझदारी हुन सकेन । त्यहाँ सबैको आ–आफ्नो दावी रह्यो । मेरै त्यहाँ ज्याँदा शक्ति छ, मेरै जनाधार बढेको छ । हामीले नै जित्छौं । र, अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यहाँ फ्रेन्डली प्रतिस्पर्धा हुन पनि सक्छ', उहाँले भन्नु भयो, 'तर एमालेसँग चाँही फेरि यहाँ हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं ।’
प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने स्मरण गराउनु भयो । त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उहाँले स्थानीय गठबन्धन दलहरुलाई सचेत गराउनु भयो । प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।