सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

 वैशाख ४, २०७९ आइतबार ६:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।

लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए ।

अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ । 
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया