नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र गीत तथा नारा पेस गर्न आह्वान

 वैशाख ४, २०७९ आइतबार ७:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।

आउँदो जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतिक चिह्न मस्कट, लोगो, खेलकुद गीत रचना, नारा यही वैशाख ११ गतेभित्र पेस गर्न आह्वान गरेको हो ।

लोगोका लागि गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक झल्कनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, गीत रचना राष्ट्रिय भावनाले ओतप्रोत, खेल र खेलाडीको भावना समेटिएको हुनुपर्ने उल्लेख छ ।

लोगो, मस्कट र गीत रचना कसैसँग बाझिएमा वा कपी राइट गरेमा रद्द गरिने सूचनामा उल्लेख छ । छनोटमा परेको लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र गीत रचनालाई २० हजार र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने परिषद्ले जनाएको छ ।
 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया