शेफ सन्ताेष शाहसहितकाे टाेली सम्मानित

 वैशाख ४, २०७९ आइतबार १८:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्यटन बोर्डले बीबीसी 'मास्टर सेफ द प्रोफेसनल २०२०' का फाइनलमा पुग्ने शेफ सन्ताेष शाहसहितकाे टाेलीलाई सम्मान गरेको छ । 

काठमाण्डाैमा आज आइतवार आयोजित एक कार्यक्रममा मास्टर शेफ सन्तोष साहसहित शेफ एलेक्स वेव, शेफ बार्ट भान डेर ली र शेफ फिली आर्मिटेज लगायतको टोलीलाई पर्यटन बाेर्डले सम्मान गरेको हो । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले साह सम्मिलित शेफ टाेलीलाई सम्मान गर्नुभएको हाे । 

शेफहरूलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले यस कार्यले नेपाली परिकारहरू विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताउनुभयो । 

सम्मानित हुनुभएका शेफ साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्त्व रहेको बताउनुभयो । शेफ साहले आफ्नो साथमा आएको टाेलीलाई फेरि नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गर्नुभयो ।

त्यस्तै शेफ एलेक्स वेव, शेफ बार्ट भान डेर ली र शेफ फिली आर्मिटेजले नेपाल घुम्न, यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँहरूले नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विविधतामा एकता भएको सुन्दर देश रहेको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया