५ रुपैयाँ किलोमा पनि काँक्रो बिक्री भएन, हजाराैँ किलो बारीमै कुहिँदै

 वैशाख ४, २०७९ आइतबार १७:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनमा उत्पादित काँक्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लामा उत्पादित काँक्रो पाँच रुपैयाँ प्रतिकिलोका दरले समेत बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका हुन् । 

भरतपुर महानगरपालिका १८ चनौलीमा १५ कट्ठा जग्गामा काँक्रो खेती गरेकी रेसुङ्खा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले आफूले पाँच रुपैयाँका दरले काँक्राे बिक्री गर्न खोज्दासमेत नबिकेकाले सित्तैमा दिएको बताउनुभयो । ‘पाँच रुपैयाँमा पनि बिक्री नभएपछि हिजो मैले ३५ सय किलो काँक्रो सित्तैमा दिएँ, अब फेरि टिप्ने बेला भयो, कहाँ बिक्री गर्ने टुङ्गो छैन’, अधिकारीले भन्नुभयो । 

बारीभरि लटरम्म काँक्रो फलेको तर चितवनका कुनै पनि तरकारी बजार र बिचौलियाले चितवनको काँक्रो नउठाएको उहाँको गुनासो छ । केही दिनको अन्तरमा ३५ क्विन्टलसम्म काँक्रो टिप्ने गरेको तर बिक्री नभएकाले बारीमै सडाउनुको विकल्प नभएको सञ्चालक अधिकारीले बताउनुभयो । 

भारतबाट सस्तोमा आएको काँक्रो व्यापारीले लुकाएर भण्डारण गरेको, चितवनमा उत्पादन धेरै भएको लगायतका कारण बिक्री नभएको हुन सक्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Teeka Bhattarai

    April 18, 2022, 10:10 a.m.

    किसानले पनि बुझ्न पर्यो अन्धाधुन्ध एकै थरी बाली लगाउन भएन । बिचौलियाको एउटा कुरा होला । उत्पादन बढे पछि भाउ त घट्छ । (सामान्यत: आफू बेमौसमी र विषादि हाल्ने पक्का ठहिरएका खाद्यवस्तु सकेसम्म कम खाने भएर भाउ थाहा चाहिँ भएन ।) जग्गा भाडामै लिएर खेती गर्नेको एउटा कुरा भयो तर जग्गा हुनेहरु कहिले पनि अन्नपात उम्रने सबै ठाउमा नगदेबाली नरोपौं । व्यावसायिकताको नाममा अनावश्यक खतरा नमोलौं । एक थोक बेचेर सबथोक किन्नु सट्टा धेरै थोक उमारेर केही मात्र किनौं । तपाईं आफ्नो स्वास्थ्य ख्याल राखेर रसायनिक मल र विषादि नराखेर खानेकुरा उब्जाउन पनि सक्नुहुन्छ । अनि काँक्राको जूस वा अचार आदि बनाउने विचार गर्न पनि सकिएला कि? सरकारले केही गर्नु पर्दैन भनेको चाहिँ होइन !

  •  0 Reply

तपाईको प्रतिक्रिया