पल शाह प्रकरण : नाबालिगले बयान फेरिन्

 वैशाख ४, २०७९ आइतबार २०:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । 

तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ । बुबा, आमालगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुने कानुन व्यवसायीहरूकाे भनाइ छ ।  

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायाङ्कनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि फागुन १५ गते शाह प्रहरीको सम्पर्कमा आएका थिए । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • जित राई

    April 18, 2022, 12:01 p.m.

    अब बयान नसकिन्जेल आमा बाबु र नाबालिग छोरीलाई पनि बेग्ला बेग्लै राखेर सोधपुछ गर्नुपर्छ अनि बयान फेरिने साथ यो मिडियामा पनि आउनुहुन्न

  •  0 Reply
  • Sunil

    April 17, 2022, 10:40 p.m.

    अहिले सम्म नि छानबिन कस्तो कानुन हो त्यो नाबलिक भन्ने पात्रले आरुको जिन्दगी सङ खेल्बाड गर्न पाउछ।प्रहरी प्रसाशनलाइ अनुरोध यो छकी केटि पछेय्कोलाई एक चोटि केरकार गर्नुत?

  •  0 Reply

तपाईको प्रतिक्रिया