आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायाे

 वैशाख ५, २०७९ सोमबार ६:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ३ विकेटले हराउँदै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको छ । चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, अम्बाती रायडुले ४६, कप्तान रविन्द्र जडेजाले २२ तथा पशवम दुबेले १९ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए ।

जितसँगै गुजरातले ६ खेलमा १० अङ्क जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत् रहेको छ । चेन्नईको भने यो पाँचौँ हार हो । चेन्नई दुई अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया